९१ वर्षीय रूपर्ट मर्डोकले चौथो पटक डिभोर्स गर्दै
अखबार टुडे
प्रकाशित:
२०७९, ९ असार

काठमडौं, ९ असार (एजेन्सी) । मिडिया उद्यमी रूपर्ट मर्डोक र पूर्वमोडल तथा अभिनेत्री जेरी हलले सम्बन्ध विच्छेद गर्ने भएका छन् । न्युयोर्क टाइम्सका अनुसार मर्डोक र हलले डिभोर्स गर्न लागेको हो ।

९१ वर्षीय अर्बपति मर्डोकले यो चौथो पटक सम्बन्धविच्छेद हुनेछ भने ६५ वर्षकी हल यस अघि रोलिङ स्टोन्स फ्रन्टमैन मिक जागर सँग विवाहित थिइन् ।

मर्डोक र हलले सन् २०१६ मा सेन्ट्रल लण्डनमा विवाह गरेका थिए । उनीहरू दुबै जनाले भने यसबारे सार्वजनिक गरेका छैनन् ।

मर्डोकका अमेरिकामा फक्स न्युज, बेलायतमा सन र अष्ट्रेलियामा स्काई न्युजलगायत सञ्चारमाध्यम छन् ।

मर्डोकले यसअघि तीन जना श्रीमतीसँग डिभोर्स गरिसकेका छन् । उनकी पहिलो श्रीमती अष्ट्रेलियाली मोडल प्याट्रिसिया बुकर थिइन् । उनीहरूबीच सन् १९६५ मा डिभोर्स भएको थियो ।

पूर्वपत्रकार आनासँग उनले १९९९ मा डिभोर्स गरेका थिए । तेस्री पत्नी वेन्डी डेङसँग उनको २०१४ मा डिभोर्स भएको थियो ।

प्रतिक्रिया