आईआईएफटीको पहिरनमा जब २४ सुन्दरी स्टेजमा उत्रिए, दर्शकदीर्घाले भने- वाह ! (फोटो फिचरसहित)
अखबार टुडे
प्रकाशित:
२०७९, ६ असार
  • शब्द : एमपी सुब्बा
    तस्बिर : मिस नेपालबाट

काठमाडौं, ६ असार । ललितपुरको गोदावरीस्थित सनराइन कन्फ्रेन्स हल शनिबार फेसनमय बन्यो । अपरान्ह ३ बज्दैगर्दा भीड बढ्दै गयो । जहाँ नेपालको प्रतिष्ठित भनिएको सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल वल्र्ड–२०२२’ को ग्राण्ड फिनाले हुँदैथियो । उपस्थित पाहुना तथा दर्शकलाई कौतुहलता थियो, ‘मिस नेपाल–२०२२’को ताज कसको पोल्टा पर्ला ?

प्रतियोगिता निर्धारित समयमै सुरु भयो । २४ जना प्रतियोगीहरु जब स्टेजमा निस्किए, तब दर्शकले फर्रर्र तालीले स्वागत गरे । प्रतियोगीहरु ‘ओपनिङ राउण्ड’मा इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी (आईआईएफटी)को डिजाइनिङ पहिरनमा प्रस्तुत भएका थिए ।

प्रतियोगिताको २४ जना फाइनालिस्टका लागि आईआईएफटीबाट फेसन डिजाइनिङमा ग्राजुएट १० जना डिजाइनरहरुले पहिरन तयार गरेका थिए । जुन पहिरनको दर्शकदीर्घाबाट प्रशंसा भयो । ओपनिङ राउण्डमा आईआईएफटीको पहिरनमा प्रतियोगीहरु स्टेजमा झुल्किँदा दर्शकको मुखबाट ‘वाह’ भन्ने शब्द निस्किएको थियो ।

जसमा फेसन डिजाइनरहरु पेशल खड्का, पम्फा श्रेष्ठ मगर, संगीत आचार्य, गीता मिश्र, सविता महर्जन, सरिता श्रेष्ठ, दिलमाया मगर, राजन शाह, सविता चेम्जोङ र सुनैना शाही तारिफ योग्य बनेँ किनकि उनीहरुका लागि यी १० जना डिजाइनरले नै पहिरन तयार गरेका थिए । उनीहरुले आईआईएफटीका निर्देशक विपना थापाको निर्देशन र एकेडेमिक हेड सविन ढुंगानाको निरीक्षणमा परिहन तयार गरेका हुन् ।

सौन्दर्य प्रतियोगिताका लागि पहिरन विशेष मानक हो, जसले सौन्दर्यतामा उर्जा थपेको हुन्छ । यसपटक मिस नेपाल प्रतियोगीका लागि आईआईएफटीको पहिरन पनि विशेष बन्यो ।

यस प्रतियोगिताबाट आईआईएफटीले फसन डिजाइनिङमा आफूलाई अब्बल सावित गरेको छ । काठडमाडौं बागबजार, हेरिटेज प्लाजा र ललितपुरको कुमारीपाटीबाट फेसन डिजाइनिङको कोर्ष प्रदान गर्दै आएको आईआईएफटीका प्रबन्धन निर्देश तेन्जिङ शेर्पाले भने– मिस नेपाल प्रतियोगीका लागि हामीले पहिलोपटक पहिरन तयार गरेका हौँ । पहिलो पटक नै दर्शकबाट सकरात्मक प्रतिक्रिया आएपछि हामीलाई पनि हौसला मिलेको छ ।’

यस वर्षको मिस नेपालको ताज प्रियंकारानी जोशीले जितेकी छन् । हिडेन ट्रेजरले आयोजना गरेको मिस नेपाल प्रतियोगितामा सरिशा श्रेष्ठ मिस नेपाल अर्थ र न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल घोषित भएका छन् ।

साथै, विभिन्न ९ वटा सब–टाइटलमा विजेता पनि घोषणा गरिएको थियो । नीति शाहसहितका ११ जना निर्णायकले फाइनलिस्टलाई प्रश्नहरु सोधेका थिए । कोभिड–१९ महामारीले अघिल्ला दुईवर्ष स्थगित भएको मिस नेपाल यसपटक भौतिकरुपमै सम्पन्न भएको हो ।

#IIFTFASHION

#MISSNEPALWORLD

प्रतिक्रिया