गाडी भाडा ७.७ प्रतिशतसम्म बढ्यो (सूचिसहित)
अखबार टुडे
प्रकाशित:
२०७९, ६ असार

काठमाडौं, ६ असार । पेट्रोलियम पदार्थको मूल्य बढेएलगतै सार्वजनिक गाडीको भाडा पनि बढेको छ ।
यातायात व्यवस्था विभागले सोमबार जारी गरेको सूचनामा अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक गाडीमा अधिकतम ७.७ प्रतिशतसम्म भाडा बढाएको हो ।

यात्रुवाहक सार्वजनिक सवारी साधनमा ५.३० प्रतिशतले भाडा बढेको छ । त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा ६.९४ तथा तराईको बाटोमा चल्ने मालबाहक सवारीमा ७.७ प्रतिशतले भाडा वृद्धि गरिएको विभागले उल्लेख गरेको छ ।
स्थानीय रुटमा सञ्चालन हुने यातायातको भाडा भने यथावत रहने विभागले जनाएको छ ।

हिजमात्रै नेपाल आयल निगमले नेपाल आयल निगमले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको छ । मूल्य बढेसँगै पेट्रोल एक लिटरको १९९ रुपैयाँ पुगेको छ भने एक लिटर डिजेल र मट्टीतेल किन्न १९२ रुपैयाँ तिर्नुपर्ने छ ।

निगमले हवाई इन्धनमा पनि आन्तरिकतर्फ १९ रुपैयाँले वृद्धि गरी १८५ रुपैयाँ प्रतिलिटर पुर्याएको छ । हवाई इन्धनको बाह्यतर्फ भने १०० अमेरिकी डलरले मूल्यवृद्धि गरिएको छ ।

कहाँ जान कति लाग्छ ?

प्रतिक्रिया