कुटाकुट गर्ने अखिल क्रान्तिकारीका उपाध्यक्षसहित ९ जना निलम्बनमा
अखबार टुडे
प्रकाशित:
२०७९, ६ असार

काठमाडौं, ६ असार । संगठनको विधि विपरीत गतिविधि गरेको भन्दै नेकपा माओवादी केन्द्रको भातृ संगठन अनेरास्ववियु क्रान्तिकारीका उपाध्यक्ष पवन कार्कीसहित ९ जनालाई निलम्बन गरिएको छ ।

आइतबार बसेको अखिल क्रान्तिकारीको केन्द्रीय समिति बैठकले १० जनालाई अनिश्चितकालका लागि निलम्बन गरेको हो ।

कारबाहीमा पर्नेमा पवन कार्की, प्रवीण बस्नेत, सञ्जिव चौधरी, उपदेश यादव, बालकुमार केसी, रमेश खड्का, वसन्त भण्डारी,पदम नेपाली लगायत १० जना केन्द्रीय सदस्य छन् ।

तीनकुनेस्थित एक ब्याङ्क्वेटमा भएको बैठकमा उपाध्यक्ष पवन कार्की समूहसँग विवाद भएपछि कुटाकुट भएको थियो । बैठकमा हो–हल्ला गरेपछि कार्की लगायतलाई प्रहरीले निकालेको थियो ।

कार्की पक्षले संगठनमा सबै पक्षलाई मिलाएर नसमेटेको भन्दै अध्यक्ष पन्चा सिंह र विद्यार्थी इन्चार्ज हितमान शाक्यको समेत राजीनामा मागेका छन् । कार्की पक्षले केन्द्रीय सदस्य र केन्द्रीय पदाधिकारी नमिलेको भन्दै खारेजीको माग गर्दै आएको छ । बैठकले अखिल क्रान्तिकारीका सदस्य संख्या १२ लाख पु¥याउने निर्णय गरेको बताइएको छ ।

प्रतिक्रिया