सशस्त्र प्रहरीका ३७ डिएसपी एसपीमा बढुवा सिफारिस, को-को परे ?
अखबार टुडे
प्रकाशित:
२०७९, ६ असार

काठमाडौं, ६ असार । सशस्त्र प्रहरीका ३७ जना डिएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरिएको छ । बढुवा समितिको यही असार ५ गतेको निर्णयअनुसार डिएसपीहरूलाई एसपीमा बढुवा सिफारिस गरिएको हो ।

बढुवा सिफारिसमा परेकाहरुको नामावली सशस्त्र प्रहरी बलले सार्वजनिक गरेको छ । ज्येष्ठताक्रमको पहिलो नम्बरमा टोपबहादुर डाँगी बढुवा सिफारिसमा परेका छन् ।

एसपी पदमा ३७ पद रिक्त छ । बढुवा सिफारिसमा चित्त नबुझे ७ दिनभित्र बढुवा उपर उजुरी सुन्ने समितिमा जानकारी गराउन पनि सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयले आग्रह गरेको छ ।

को-को परे बढुवा सिफारिसमा ?

प्रतिक्रिया