निगमद्वारा पेट्रोलियम पदार्थमा भारी मूल्यबृद्धि, पेट्रोलको प्रति लिटर १९९ पुग्यो
अखबार टुडे
प्रकाशित:
२०७९, ५ असार

काठमाडौं, ५ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धी गरेको छ । निगम सञ्चालक समितिको बैठकले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको छ। बढेको मूल्य आइतबार (आज राति) १२ बजेदेखि लागु हुने निगमले जनाएको छ ।

मूल्य बढेसँगै पेट्रोल एक लिटरको १९९ रुपैयाँ पुगेको छ भने एक लिटर डिजेल र मट्टीतेल किन्न १९२ रुपैयाँ तिर्नुपर्ने छ । निगमले हवाई इन्धनमा पनि आन्तरिकतर्फ १९ रुपैयाँले वृद्धि गरी १८५ रुपैयाँ प्रतिलिटर पुर्याएको छ । हवाई इन्धनको बाह्यतर्फ भने १०० अमेरिकी डलरले मूल्यवृद्धि गरिएको छ ।

यस्तै, खाना पकाउने ग्याँसको मूल्य भने यसपटक नबढाइएको नेपाल आयल निगमले जनाएको छ ।

प्रतिक्रिया