आईजीपी नियुक्ति प्रकरण: विश्वराज पोखरेलको मुद्दा फेरि हेर्दाहेर्दैमा
अखबार टुडे
प्रकाशित:
२०७९, ५ असार

काठमाडौं, ५ असार । आईजीपी नियुक्तिविरुद्ध एआईजी विश्वराज पोखरेलले दायर गरेको मुद्दा आज पनि हेर्दाहेर्दैमा राखिएको छ ।

सर्वोच्चका कामु प्रधान न्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दा असार १३ गतेसम्मका लागि हेर्दाहेर्दैमा राखिएको हो ।

यसअघि जेठ ३० गतेका लागि पेशी तोकिएको मुद्दा आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो । आज विश्वराज पोखरेलको तर्फबाट दुई दर्जन कानुनविद्ले बहस गरेका थिए । मुद्दामा बहस अझै नसकिएकाले फेरि असार १३ सम्म हेर्दाहेर्दैमा राखिएको हो ।

सरकारले विधि र प्रक्रियाविपरीत आफूभन्दा १६ महिना जुनियर एआईजी धीरजप्रताप सिंहलाई आईजीपी बनाइएको भन्दै एआईजी पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

वरिष्ठ एआईजी पोखरेलले वरिष्ठता र कार्यसम्पादन मूल्यांकनमा सिंह भन्दा अगाडि रहेको भन्दै आफूलाई महानिरीक्षक बनाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट लिएर गएका थिए ।

प्रतिक्रिया