पटनाबाट दिल्ली उडेको विमानमा आगलागी, १८५ यात्रु सकुशल
अखबार टुडे
प्रकाशित:
२०७९, ५ असार

नयाँदिल्लाी, ५ असार (एजेन्सी) । भारतको बिहारस्थीत राजधानी पटनामा एक विमानलाई आपतकालिन अवतरण गराइएको छ ।
उडान भरिरहेका बेला इन्जिनमा आगो लागेपछि विमानलाई आपतकालीन अवतरण गराइएको हो ।

पटनाबाट दिल्ली आउँदै गरेको स्पाइस जेटको विमानमा १८५ जना यात्रु सवार रहेको जनाइएको छ । पटनाका डीएमले विमानका सबै यात्रु सकुशल रहेको सञ्चारमाध्यमाध्यमलाई जानकारी दिएका छन् ।

उनका अनुसार विमानको देब्रे पखेटामा आगो लागेको थियो । मानिसहरुले तलबाट विमानको इन्जिनमा आगो लागेको देखेका थिए ।

प्रतिक्रिया