अमेरिकी राष्ट्रपति बाइडेन साइकलबाट लडेपछि…
प्रकाशित:
२०७९, ५ असार
काठमाडौं, ५ असार (एजेन्सी) । अमेरिकी राष्ट्रपति जो बाइडेन शनिबार साइकलबाट लडेका छन् । तर, उनलाई कुनै चोटपटक नलागेको बताइन्छ ।
उनी प्रथम महिला जिल बाइडेनसँग डेलावेयरको रेहोबोथ तटमा रहेको घर नजिकैको स्टेट पार्कमा साइकल चलाइरहेका थिए ।
ह्वाइट हाउसको टिमको तर्फबाट सार्वजनिक भएको एउटा भिडियोमा ७९ वर्षीय राष्ट्रपति लडेपछि तत्काल उठेका देख्न सकिन्छ । त्यसपछि उनले भने, ‘मलाई केही भएको छैन ।’
साइकलबाट लडेपछि दर्शकहरूसँग कुरा गर्न रोकिएका थिए । साइकलको क्लिपबाट खुट्टा तान्न खोज्दा आफूले सन्तुलन गुमाएको राष्ट्रपतिले शुभचिन्तक र पत्रकारहरूको सानो भीडलाई बताए ।
उनलाई ठूलो चोट नलागेको र औषधिउपचार आवश्यक नभएको ह्वाइटहाउसका एक अधिकारीले बताए । ती अधिकारीले भने ‘राष्ट्रपति आफ्नो परिवारसँग बाँकी दिन बिताउन तत्पर हुनुहुन्छ ।’
प्रतिक्रिया