काठमाडौं, ४ असार । काठमाडौंकी प्रियंकारानी जोशीले यस वर्षको ‘मिस नेपाल वल्र्ड’को उपाधि जितेकी छन् । ललितपुरको गोदावरीमा शनिबार सम्पन्न प्रतियोगिताको ग्रान्ड फिनालेमा जोशीले ‘मिस नेपाल वल्र्ड–२०२२’ उपाधि हासिल गरेकी हुन् । उनलाई अघिल्लो ‘मिस नेपाल’ नम्रता श्रेष्ठले ताज पहि¥याइदिइन् ।
त्यस्तै, सरिशा श्रेष्ठ मिस नेपाल अर्थ र न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल घोषित भए । ग्राण्ड फिनालेमा २४ जनाले प्रतिस्पर्धा गरेका थिए ।
साथै, विभिन्न ९ वटा सब–टाइटलमा विजेता पनि घोषणा गरिएको थियो । नीति शाहसहितका ११ जना निर्णायकले फाइनलिस्टलाई प्रश्नहरु सोधेका थिए । कोभिड–१९ महामारीले अघिल्ला दुईवर्ष स्थगित भएको मिस नेपाल यसपटक भौतिकरुपमै सम्पन्न भएको हो । द हिडन ट्रेजरले प्रतियोगिता आयोजना गरेको हो ।
कार्यक्रम सुरु हुन अगाडि विभिन्न सात वटा महिला संगठनहरुले विरोध गर्दै प्रदर्शन गरेका थिए । उनीहरुले नारीको सुन्दरतालाई व्यापार बनाउन भन्दै मिस नेपाल प्रतियोगिता खारेज गर्न माग गरेका थिए ।