यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय
अखबार टुडे
प्रकाशित:
२०७९, २ असार

काठमाडौं, २ असार । सरकारले मिलिनियम च्यालेन्ज अकाउण्ट नेपाललाई रातमाटे सबस्टेशन निर्माणका लागि नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकामा जग्गा उपलब्ध गराउने निर्णय गरेको छ ।

जेठ ३१ गते बसेको मन्त्रिपरिषद्को निर्णय सुनाउँदै बिहीबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञोनेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्का १९ निर्णय सार्वजनिक गरेका हुन् ।

मन्त्रिपरिषद्ले नेपाल र बेलायत सरकारको बीचको द्विपक्षीय श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ । त्यस्तै सरकारले जापान सरकारबाट नेपालको मानव संसाधन विकासका लागि प्राप्त हुने जापानी येन ३७६ मिलियन (करिब ३६ करोड ६२ लाख बराबर) को अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

2022-06-16 13:48
प्रतिक्रिया