एक अर्ब २ करोड मूल्य बराबरको हेरोइनसहित ७ विदेशी महिला पक्राउ
अखबार टुडे
प्रकाशित:
२०७९, २ असार

काठमाडौं, २ असार । लागूऔषध हेरोइन ५१ किलोग्रामसहित ७ जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ ।

लागूऔषध कारोबारीविरुद्ध प्रहरीले चलाएको अप्रेशनको यो हालसम्मकै ठूलो सफलता हो । लागूऔषध नियन्त्रण ब्यूरोले बरामद गरेको उक्त हेरोइनको मूल्य १ अर्ब २ करोड बराबरको रहेका छ ।

बिहीबार पत्रकार सम्मेलन गरी विभिन्न स्थानबाट ५१ किलो हेरोइनसहित ७ जना दक्षिण अफ्रिकन महिलालाई पक्राउ गरिएको ब्युरोका एसपी जीवन श्रेष्ठले जानकारी दिए । बरामद भएका हेरोइनमध्ये ४९ किलो सेतो र २ किलो खैरो रहेको छ ।

पक्राउ पर्नेमा सिबिसी थान्डेकिले, मुरिएल केदुकवाजी थेम्बेनी न्साम्बा, त्शाबाला खान्यिसिल इभोन्ने, रोसिन्हा नोन्केले जान्त्जो, महलाको मौरीन माथिबा, मोरोएसी सुजान कोफु र मार्लिज बाडेनहोस्र्ट रहेका छन् ।

ब्युरोका अनुसार यो लागुऔषध विरुद्धको अहिलेसम्मकै ठुलो अपरेशन हो । चार दिन लामो अपरेशन चलाएर ब्यूरोले ५१ किलो सेतो हेरोइन बरामद गरिएको ब्युरोका एसपी श्रेष्ठले जानकारी दिए । सो लागुऔषध दुवईबाट काठमाडौं ल्याइएको हो ।

प्रतिक्रिया