सशस्त्र प्रहरीका इन्स्पेक्टर डा. सुजितलाई सेवाबाट हटाउने गृहको तयारी
प्रकाशित:
२०७९, २ असार

काठमाडौं, २ असार । गृह मन्त्रालयले सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुजितकुमार साहलाई कारबाही गर्ने तयारी गरेको छ ।
आज गृहले एक सूचना जारी गरेर पदीय जिम्मेवारी एवं आचरण विपरीत कार्य गरेको भन्दै उनलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने तयारी गरेको हो ।
सर्लाही हरिपूर्वा नगरपालिका वडा नम्बर ९ का साह बलम्बुस्थित एपिएफ अस्पतालमा कार्यरत छन् । उनी वैशाख १३ गतेदेखि बिदा स्वीकृत नगराई अस्पतालमा अनुपस्थित रहेको गृह मन्त्रालयले जनाएको छ ।
कारबाही गर्न नपर्ने कुनै कारण भए सात दिनभित्र सफाइ पेश गर्न पनि गृहले साहलाई समय दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार