आज सातै प्रदेशको बजेट आउँदै, प्राथमिकतामा कृषि, पर्यटन र सडक
अखबार टुडे
प्रकाशित:
२०७९, १ असार

काठमाडौं, १ असार । आज मुलुकका सातवटै प्रदेश सरकारले आर्थिक वर्ष ०७९/८० को बजेट सार्वजनिक गर्दैछन् । संवैधानिक प्रावधानअनुसार, प्रदेश सरकारले असार १ गते वार्षिक बजेट सार्वजनिक गर्न लागेका हुन् ।

संविधानअनुसार संघीय सरकारले १५ जेठमा बजेट घोषणाा गरेपछि प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने छ । यसअघि नै सातै प्रदेश सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेका छन् ।

प्रदेश सरकारले आ–आफ्नो प्रदेशअनुरुप प्राथमिकता निर्धारण गरेर बजेट तयार पारेका जनाएका छन् । सार्वजनिक गरिएका नीति तथा कार्यक्रममा विशेषगरी कृषि, पर्यटन, सडक, खानेपानी र रोजगारीलाई प्राथमिकता दिइएको छ ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीले प्रदेशसभामा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ । संघको बजेटले तोकेको सिलिङका आधारमा प्रदेश सरकारले बजेट ल्याउँदैछन् । सातवटै प्रदेश सरकारको चालु आवको बजेट २ खर्ब ६१ अर्ब रहेको छ ।

प्रतिक्रिया