काठमाडौं, ३१ जेठ । काठमाडौंको बौद्धमा २४ बर्षीया एक युवतीमाथि सामूहिक बलात्कार गर्ने चार जना पक्राउ परेका छन् ।
बौद्धबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरुलाई बौद्धस्थित विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका बस्ने २४ वर्षीय रितेश तामाङ, काठमाडौं महानगरपालिका–६ बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–२ घर भएका २२ वर्षीय रिन्जेन शेर्पा, काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने सर्लाही बागमती नगरपालिका–४ घर भएका ३४ वर्षीय उत्तम लामा, बौद्ध बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–४ घर भएका लुङ्ता गेस्ट हाउसका सञ्चालक ३४ वर्षीय आङनिमा भन्ने झ्याम्पा ढिल्ले शेर्पा रहेका छन् ।
उनीहरुउपर जबरजस्ती करणीसम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
युवतीका अनुसार उनीमाथि आइतबार बिहान साढे २ बजेपछि बलात्कार भएको थियो । काठमाडौं महानगरपालिका–६ बौद्धस्थित लुङता गेस्ट हाउसमा ती महिलालाई आइतबार ३ जना पुरुषले बलात्कार गरेका हुन् । त्यसपछि उनीहरु फरार थिए ।
प्रहरीले सोधपुछपछि होटलका सञ्चालक आङ्निमा भन्ने झ्याम्पा ढिल्ले शेर्पालाई पनि पक्राउ गरेको हो । ‘युवतीले उनलाई बलात्कार भएको बताए पनि उनले एक जनालाई भाग्न दिएको खुल्यो’ काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनाली भन्छन्, ‘त्यसपछि उनलाई पनि पक्राउ ग¥यौं ।’