नेप्से एकै दिन ३६ अंकले घट्यो
अखबार टुडे
प्रकाशित:
२०७९, ३१ जेष्ठ

काठमाडौं, ३१ जेठ । सेयर बजारको परिसूचक नेप्से एकै दिन ३६ अंकले घटेको छ । मंगलबार २ हजार अंकभन्दा तल झरेको हो ।

कारोबार बन्द हुँदा नेप्से १९९६ अंकमा कायम भएको छ । यो अंक १८ महिनायताकै न्यून हो । कुल १ अर्ब १८ करोड रुपैयाँको कारोबार हुँदा सबै उपसमूहका सूचक घटेको छ।

बैंकिङ १२, विकास बैंक ७६, फाइनान्स ३२, होटल तथा पर्यटन ४६, जलविद्युत् ६६, जीवन बीमा १८६, उत्पादन ६७, माइक्रोफाइनान्स ७७, निर्जीवन बीमा २४२, अन्य ५१ र ब्यापार उपसमूह ५३ अंक घटे ।जम्मा ५ कम्पनीको मूल्य बढ्दा १९० को घट्यो । आँधिखोला लघुवित्तको मूल्य सबैभन्दा धेरै ८ प्रतिशत बढ्यो । हिमालयन पावर पार्टनरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत तथा बलेफी हाइड्रोको ८ प्रतिशत घट्यो ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, एनसीसी बैंक, नेपाल लाइफ इन्स्योरेन्स, नबिल बैंक र उपकार लघुवित्त क्रमशः अगाडि रहे ।

प्रतिक्रिया