चितवनको जंगल लजमा इन्दिरा र शरदको विवाह
प्रकाशित:
२०७९, ३१ जेष्ठ
काठमाडौं, ३१ जेठ । गायिका इन्दिरा जोशी वैवाहिक बन्धनमा बाँधिएकी छन् । उनले आफ्नो प्रेमी फेसन डिजाइनर शरद केडियासँग विवाह गरेकी हुन् ।
गायिका इन्दिरा र शरदाबीच आज (मंगलबार) विवाह भइरहेको छ । उनीहरुको विवाह समारोह चितवनको बाराही जंगल लजमा भइरहेको हो ।
दुवै जनाको परिवार र सीमित आफन्तको उपस्थितिमा विवाह समारोह भइरहेको छ । आइतबार मेहेन्दी उत्सव गरेकी इन्दिराले आज विवाह गरेकी हुन् ।
गायिका इन्दिरा र फेसन डिजाइनर शरद तीन वर्षदेखि प्रेम सम्बन्धमा थिए । गत वर्ष माउन्ट एभरेस्ट फेसन रनवे कार्यक्रमको सिलसिलामा नाम्चे पुगेको बेला शरदले इन्दिरालाई विवाह प्रस्ताव राखेका थिए । इन्दिराले पनि सोही ठाउँमा विवाह प्रस्ताव स्वीकारेकी थिइन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार