अफगानिस्तानमा ७० जोडीले गरे सामुहिक विवाह
प्रकाशित:
२०७९, ३१ जेष्ठ
काबुल, ३१ जेठ (एजेन्सी) । अफगानिस्तानको राजधानी काबुलमा ७० जोडीको सामुहिक विवाह भएको छ । आफै विवाह गर्ने खर्च नभएकाहरुका लागि स्थानीय एक सामाजिक सस्थाले सामुहिक विवाह समारोह आयोजना गरिदिएको हो ।
‘सिलाब फाउन्डेसन भन्ने संस्थाले ७० जोडीको समूहिक विवाह समारोह आयोजना गरेको हो’ एक स्थानीय अधिकारीले भने । आर्थिक समस्याका कारणले आफै विवाह समारोह आयोजना गर्न नसक्ने जोडीहरुका लागि आफुहरुले विवाह समारोह आयोजना गरिदिएको फाउन्डेसनका पदाधिकारीहरुले जनाएका छन् ।
विवाह समारोहमा विवाह गर्ने बेहुला बेहुलीसँगै उनीहरुका सिमित आफन्तहरु मात्रै सहभागी भएका थिए । अफगानिस्तानमा विवाह समारोहको आयोजना गर्नु धेरै महँगो मानिन्छ । तालिबान सरकारले पनि महँगो विवाह समारोहहरु आयोजना गर्न निरुत्साहित गरेको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार