सिक्किम सरकारद्वारा ‘कबड्डी-४’ प्रदर्शनमा रोक
प्रकाशित:
२०७९, ३१ जेष्ठ
काठमाडौं, ३१ जेठ । भारतको सिक्किममा नेपाली फिल्म ‘कबड्डी ४’को प्रदर्शनमा रोक लगाएको छ । सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यका नागरिक र विभिन्न संस्थाको संवेदनालाई ख्यालमा राख्दै प्रदर्शनमा रोक लगाउने निर्णय भएको जनाएको छ ।
‘सिक्किमका जनता, विभिन्न संघसंस्था र संगठनको भावनालाई ध्यानमा राख्दै राज्य सरकारले विवाद समाधान नभएसम्म सिक्किममा कबड्डी ४ को प्रदर्शनमा रोक लगाउने निर्णय भएको छ,’ मुख्यमन्त्री तामाङले जनाएका छन् ।
सक्किममा यो फिल्म शुक्रबारदेखि प्रदर्शन गर्ने तयारी गरिएको थियो । गत साता अलइण्डिया बुद्धिस्ट फोरमसहित त्यहाँका बौद्ध धर्मगुरुले पत्रकार सम्मेलन गर्दै फिल्मलाई रोक लगाउन आग्रह गरेका थिए ।
‘कबड्डी ४’ फिल्मले बौद्ध धर्मको मानमर्दन गरेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पनि उजुरी परेको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार