दुई विदा खारेज, असार १ गतेदेखि बिदा र कार्यालय समय पुरानै कायम
अखबार टुडे
प्रकाशित:
२०७९, ३० जेष्ठ

काठमाडौं, ३० असार । असार १ गतेदेखि बिदा र कार्यालय समय पुरानै कायम हुने भएको छ । गृह मन्त्रालयले सोमबार सूचना जारी गर्दै यही २३ जेठमा बसेको मन्त्रिपरिषदको निर्णयअनुसार असार १ गतेदेखि बिदा र कार्यालय समय पुरानै कायम रहने जनाएको हो ।

मन्त्रालयका अनुसार १ जेठदेखि लागू भएको हप्तामा दुई दिन बिदा दिने निर्णय खारेज भएको हो । सरकारी कार्यालयमा १ असारदेखि १५ कात्तिकसम्म तथा माघ १६ गतेदेखि चैत्र मसान्तसम्म कार्यालय समय बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म र कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म हुने छ । यस्तै शुक्रबार बिहान १० देखि अपरान्ह ३ बजेसम्म हुने छ ।

प्रतिक्रिया