कांग्रेस नेता-कार्यकर्तालाई प्रधानमन्त्रीले भने, नबुझिकन क्लेम गर्न मिल्दैन
अखबार टुडे
प्रकाशित:
२०७९, २९ जेष्ठ

काठमाडौं, २९ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको सरकार कांग्रेसको एकलौटी नभएकोले धेरै दाबी गर्न नमिल्ने बताएका छन् ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले आइतबार काठमाडौंमा आयोजित नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै विभिन्न विषयमा कांग्रेस नेता÷कार्यकर्ताले दाबी गर्न नमिल्ने बताएका हुन् ।

‘यो कांग्रेसको एकलौटी सरकार होइन । नबुझिकन तपाईंहरूले क्लेम गर्ने कुरा छैन,’ प्रधानमन्त्री देउवाले भने, ‘नीति तथा कार्यक्रममा आएका कुराहरू कतिपय बजेटमार्फत सम्बोधन गरिएको र छुटेका भए कुनै न कुनै माध्यमबाट सम्बोधन गरिने छ ।’

देउवाले श्रम बजारलाई चलायमान बनाउँदै हरेक श्रमिकलाई रोजगारी दिन सरकार प्रतिवद्ध रहेको पनि बताए । रसियाले युक्रेनमा आक्रमण गरेपछि धेरै घाटा भएको उनको भनाइ छ । उनले भने, ‘युक्रेनमा भएको द्वन्द्वले धेरै घाटा बनाएको छ । श्रमिकको रोजगारी खोसिने काम भएको छ ।’

प्रतिक्रिया