राष्ट्रपति पुटिनद्वारा इसीएचआरको निर्णय पालना नगर्ने कानूनमा हस्ताक्षर
अखबार टुडे
प्रकाशित:
२०७९, २९ जेष्ठ

मस्को, २९ जेठ (एजेन्सी) । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले मानव अधिकारको युरोपेली अदालत (इसीएचआर) को निर्णयको पालना नगर्ने कानूनमा हस्ताक्षर गरेका छन् ।

कानूनअनुसार रूसले युरोपेली काउन्सिलबाट बाहिरिने घोषणा गर्दा मार्च १५ पछि अपनाईएको इसीएचआर नियमहरू पालना नगर्ने क्रेमलिनले शनिबार जनाएको छ ।

साथै, ईसीएचआर द्वारा मूल्याङ्कन गरिएको क्षतिपूर्ति रूबलमा मात्र बनाइनेछ र रूसी बैंकहरूका खाताहरूमा मात्र हस्तान्तरण गरिनेछ । उक्त विधेयक फेडरेशन काउन्सिल वा रुसी संसद्को माथिल्लो सदनले बुधबार स्वीकृत गरेको हो ।

प्रतिक्रिया