रुस-युक्रेन युद्ध : युक्रेनमा रुसी पासपोर्ट बाँड्दै रुस
अखबार टुडे
प्रकाशित:
२०७९, २९ जेष्ठ

काठमाडौं, २९ जेठ । रुसले दक्षिण युक्रेनमा कब्जा गरेका दुई सहर खेरसन र मेलिटोपोलका स्थानीयलाई रुसी पासपोर्ट वितरण गर्न सुरु गरेको छ ।

बीबीसीले जनाएअनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यो प्रक्रियालाई तीव्रता दिइरहँदा युक्रेनले भने रुसको यो कदमको भत्र्सना गरेको छ ।

रुसी समाचार एजेन्सी तासले शनिबार एक समारोहबीच २३ जना खेरसनका नागरिकलाई रुसी पासपोर्ट वितरण गरेको जनाएको छ । समाचारमा हजारौँले रुसी पासपोर्टका लागि निवेदन दिएको दाबी गरिएको छ ।

खेरसनमा रुसले नियुक्त गरेको गभर्नर भोलोदिमिर साल्डोले चाँडोभन्दा चाँडो ‘खारसेनका सबै कमरेड’हरूले पासपोर्ट र रुसी नागरिकता प्राप्त गर्ने बताएका छन् । तर, रुसको उक्त कदमलाई युक्रेनले ‘कानुनीरुपमा शून्य मानिने’ बताएको छ ।

प्रतिक्रिया