अभिनेता सलमानमाथि हत्या प्रयासको समाचार झुटो, आखिर किन फैलाइयो अपवाह ?
अखबार टुडे
प्रकाशित:
२०७९, २७ जेष्ठ

काठमाडौं, २७ जेठ । बलिउड अभिनेता सलमान खानमाथि हत्या प्रयासको भन्ने खबर झुटो साबित भएको छ । भारतीय सञ्चारमाध्यम ‘बलिउड लाइफ’ हिन्दी संस्करणका अनुसार सलमानमाथि कुनै आक्रमणको प्रयास भएको छैन ।

शुक्रबार उनीमाथि मुम्बईमा हत्याको प्रयास भएको भन्ने खबर बाहिरिएको थियो । उक्त खबरलाई भारतीय मिडियाले प्राथमिकताका साथ प्रकाशन तथा प्रसारण गरेका थिए । तर, उक्त खबर अपवाह मात्र भएको केही भारतीय मिडियाले शुक्रबार साँझ उल्लेख गरेका छन् ।

तर, सलमान हाल आफ्नो आगामी फिल्म ‘कभी इद कभी दिवाली’को छायांकनका लागि हैदराबादमा रहेको बलिउड लाइफले जनाएको छ ।

केही दिनअगाडि एक पत्रमार्फत सलमान खान र उनका बुबा सलिम खानलाई ज्यान मार्ने धम्की दिइएको भारतीय मिडियाले जनाएका थिए । उनीहरूलाई ज्यान मार्ने धम्की आएपछि मुम्बई पुलिसले अज्ञात व्यक्तिविरुद्ध एफआइआर दर्ता गर्दै छानबिन प्रकृया सुरू गरेको थियो ।

मुम्बई पुलिसले उक्त पत्र ग्यांङस्टार लोरेन्स बिश्नोईले पठाएको बताएका छन् । सलमानका बुबा सलिम खान हरेक बिहान मर्निङ वाक जान्छन् । उनी मर्निङ वाकबाट फर्किएपछि सधैं बान्द्राको ब्यान्डस्ट्यान्ड प्रोमेनाडमा आराम गर्छन् । त्यही ठाउँमा उक्त पत्र राखिएको भारतीय विभिन्न मिडियामा अबर आएको थियो ।

उक्त पत्रमा ‘मुसेवालाको जस्तै हालत गरिदिन्छु’ लेखिएको थियो । सिद्धु मुसेवालाको केही दिनअगाडि गोली हानेर हत्या गरिएको थियो। उनी पञ्जाबका गायक तथा नेता थिए ।

प्रतिक्रिया