फेरि बढ्यो गाडी भाडा, कुन रूटमा कति पुग्यो ?
अखबार टुडे
प्रकाशित:
२०७९, २७ जेष्ठ

काठमाडौं, २७ जेठ । सरकारले सार्वजनिक यातायातको भाडा फेरी बढाएको छ ।
यातायात व्यवस्था विभागले शुक्रबार एक सूचना प्रकाशित गर्दै अन्तर प्रदेश यातायातका यात्रुबाहक तथा मालबाहक सवारीको भाडादर बढेको जानकारी गराएको हो ।

विभागका अनुसार बढेको भाडा ११ जेठबाटै लागू हुने भएको छ । विभागका अनुसार यात्रुबाहक सवारीको हकमा २.५ प्रतिशत भाडा बढेको छ ।

पहाडी बाटोमा चल्ने मालबाहक सवारीको हकमा ३.३ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीमा ३.७ प्रतिशत मूल्य बढेको विभागले जनाएको छ । अब प्रदेशहरुले पनि यसकै आधारमा छोटो दुरीको सवारी भाडा बढाउनेछन् ।

नेपाल आयाल निगमले डिजेलको मूल्यमा एकै पटक १२ रुपैयाँ बढाएपछि सरकारले गाडी भाडा समेत बढाउने निर्णय लिएको हो । सरकारले सार्वजनिक सवारीको भाडा दर स्वचालित आधारमा गर्ने गरी व्यवस्था गरेको छ । सरकारले तेलको मूल्य घट्दा भाडा पनि घट्ने र बढ्दा भाडा बढ्ने गरी स्वोचालित व्यवस्था लागु गरेको छ ।

कुन रूटमा कति पुग्यो ?

प्रतिक्रिया