मिटरब्याजी रामदेव तेलीलाई तत्काल पक्राउ गर्न प्रधानमन्त्रीको निर्देशन
प्रकाशित:
२०७९, २७ जेष्ठ
काठमाडौं, २७ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले मिटरब्याजी रामदेव तेलीलाई तत्काल पक्राउ गरी अनुसन्धान कार्य अघि बढाउन निर्देशन दिएका छन् ।
आज (शुक्रबार) बिहान देउवाले गृहमन्त्री बालकृष्ण खाँणलाई यस्तो निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको हो ।
सप्तरी मिटरब्याजी रामदेव तेलीले अत्याधिक ब्याज लिएर नागरिकलाई ठगेको पाइएको छ । सुरुमै जग्गा पास गरे ऋण दिने र ऋणको चारगुणा चुक्ता गर्दा पनि उनले जग्गा फिर्ता नगरेको पीडितहरुले बताएका छन् ।
नयाँ पत्रिका दैनिक सञ्चारमाध्यममा मिटरब्याजीको ठगीको समाचार आएपछि संसद्मा सांसदले उनलाई पक्राउ गर्न सरकारसँग माग गरेका थिए । मिटरब्याजी तेलीका छोरालाई भने सप्तरी प्रहरीले पक्राउ गरिसकेको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार