स्थानीय चुनावमा मत र पद दुवैमा पहिलो भएको काँग्रेसको दाबी
अखबार टुडे
प्रकाशित:
२०७९, २६ जेष्ठ

काठमाडौं, २६ जेठ । नेपाली काँग्रेसले गत वैशाख ३० गते सम्पन्न स्थानीय चुनावमा मत र पद दुवैमा पहिलो भएको दाबी गरेका छन् ।

स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समितिअन्तर्गत अनुगमन, मूल्यांकन तथा सुपरिवेक्षण उपसमितिका संयोजक प्रदीप पौडेलले आज समिति संयोजक पूर्णबहादुर खड्कालाई बुझाएको प्रतिवेदनमा काँग्रेसले ७५२ मध्ये ३२९ पालिका (१८८ अध्यक्ष र १४१ प्रमुख) को नेतृत्व हात पारेको उल्लेख छ ।

३ सय पालिकामा (१९० उपाध्यक्ष र ११० उपप्रमुख) काँग्रेसले प्रतिवेदनमा उल्लेख छ । काँग्रेसले अहिलेसम्म १६६५ वडाध्यक्ष जितेको छ ।

काँग्रेसका वडा अध्यक्षका उमेदवारले पाएको मत ३८ लाख ८३ हजार १३८ रहेको छ । प्रदेशगत रुपमा पनि काँग्रेस पहिलो दल बनेको छ । सातै प्रदेशमा पहिलो भएको काँग्रेस बागमती र कर्णालीमा एमालेभन्दा दोब्बर बढी पालिका प्रमुख जित्न सफल भएको छ ।

७४ मा जितेको २६६ पालिका मध्ये यस पटक १४० मा काँग्रेसको नेतृत्व दोहोरिएको छ । विगतमा जितेको १२५ पालिकाको नेतृत्व भने काँग्रेसले गुमाएको छ ।

यस्तै उसले ०७४ मा नजितेको १८९ पालिका जित दर्ता गराएको छ । २०७४ र २०७९ मा दुवैमा पराजित वा उम्मेदवारी नदिएको स्थानीय तहको संख्या २९८ रहेको पौडेलको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै ७५३ स्थानीय तह मध्ये ३२४ पालिकामा गठबन्धन भएका प्रतिवेदनमा उल्लेख छ । काँग्रेसले गठबन्धन साथमा २०९ मा उम्मेदवारी दिएकोमा १२८ पालिका प्रमुख जितेको छ ।

प्रतिक्रिया