चिनियाँ राष्ट्रपतिद्वारा नौ दैशका लागि नयाँ राजदूत नियुक्त
अखबार टुडे
प्रकाशित:
२०७९, २६ जेष्ठ

काठमाडौं, २६ जेठ (एजेनसी) । चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले राष्ट्रिय जन काङ्ग्रेसको स्थायी समितिको निर्णयअनुसार नौ देशका लागि नयाँ राजदूत नियुक्त गरेका छन् ।

चीनको शीर्ष व्यवस्थापिकाले बिहीबार जारी गरेको विज्ञप्तिमा नवनियुक्त राजदूतहरूमा सन हाइयानलाई सिंगापुरका लागि चिनियाँ राजदूतको जिम्बेवारी दिइएको छ ।

झाङ जियानवेईलाई कुवेतका लागि राजदूत नियुक्त गरिएको छ । त्यसैगरी झाङ जियानवेईलाई कुवेतका लागि राजदूत नियुक्त गरिएको छ भने झाङ यिमिङलाई संयुक्त अरब इमिरेट्सका लागि राजदूत नियुक्त गरिएको छ ।

वाङ सुइकुनलाई रुवाण्डाका लागि राजदूत नियुक्त गरिएको छ भने लु शानलाई बुर्किना फासोका लागि राजदूत नियुक्त गरिएको छ । राष्ट्रपति सीले झोउ कियानलाई जर्जियाका लागि राजदूत नियुक्त गर्नु भएको छ भने झोउ कियानलाई जर्जियाका लागि राजदूत नियुक्त गर्नुभएको छ ।

त्यसैगरी हान चुनलिनलाई रोमानियाका लागि राजदूत नियुक्त गरिएको छ भने वाङ टोङकिङलाई फिनल्याण्डका लागि राजदूत नियुक्त गरिएको छ । जमैकाका लागि चेन दाओजियाङलाई राजदूत नियुक्त गरिएको विज्षप्तिमा जनाइएको छ ।

प्रतिक्रिया