७० वर्ष नाघेपछि चुनाव लड्न नपाउने व्यवस्था गरौं : योगेश भट्टराई
अखबार टुडे
प्रकाशित:
२०७९, २५ जेष्ठ

काठमाडौं, २५ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद योगेश भट्टराईले ७० वर्ष नाघेपछि चुनाव लड्न नपाउने व्यवस्था गर्न प्रस्ताव राखेका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिँदै भट्टराईले ७० वर्ष नाघेपछि राज्यका कुनै पनि निकायमा चुनाव लड्न नपाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका हुन् ।

उनले भने, ‘हामीले ५८ वर्षमा अवकाश प्रणाली राखेका छौं । तर राजनीतिक क्षेत्रमा यो अनियन्त्रित छ । ७० वर्ष नाघेका मानिसहरू राज्यका कुनै पनि चुनावमा उठ्न नपाउने व्यवस्था किन नगर्ने ?।’

यसका लागि संविधान संशोधन गर्नुपर्ने पनि उनको भनाइ थियो । सबै राजनीतिक दल एकमत भएर यो नियम लागू गर्नुपर्ने उनले बताए ।

उनले भने, ‘हामीलाई ¥याल सिगान काढ्ने र कुर्सीमा बस्ने प्रधानमन्त्री चाहिएको होइन, काम गर्ने प्रधानमन्त्री चाहिएको हो । सबै राजनीतिक दल यो विषयमा एकमत होऔं ।’

प्रतिक्रिया