कोरोनाको कहरमा उल्लेख्य काम गरेकालाई उपराष्ट्रपति पुनबाट सम्मानित
अखबार टुडे
प्रकाशित:
२०७९, २४ जेष्ठ

काठमाडौं, २४ जेठ । कोरोनाको कहरमा उल्लेख्य काम गरेको भन्दै ‘वल्र्ड बुक अफ रेकर्डस्’ ले विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ ।

सम्माननीय उपराष्ट्रपति नन्द बहादुर पुन्को प्रमुख आतिथ्यतामा उपराष्ट्रपतिको कार्यालय लैनचौरमा सम्पन्न कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको हो ।

‘वल्र्ड बुक अफ रेकर्डस’ले सिनियर पाइलट तथा समाजसेवी विजय लामा, लाययन्सका पूर्व डिस्ट्रिक्ट गर्भनर एवं सिभिल इन्जिनियर टंक बहादुर श्रेष्ठ, डिस्ट्रिक्ट गर्भनर ३२५इ लायन कर्मा गुरुङ, शश्त्र प्रहरी बलका डिएसपी डा. रोशन कुमार झा, डा. दिल बहादुर तामाङ, अध्यक्ष कान्छि माया तामाङ फाउन्डेसनलाई स्टार २०२० र स्टार २०२२ विभूषितबाट सम्मान गरेको छ ।

वल्र्ड बुक अफ रेकर्डस्का अध्यक्ष श्री सागर कट्वाल, हिपहप किङ निर्णय श्रेष्ठ, विश्व कीर्तिमानी एवं वरिष्ठ फोटो पत्रकार हरि गोपाल प्रधान, मेमोरी किङ अर्पण शर्मा लगायतको विशिष्ट अतिथ्यतामा सम्पन्न कार्यक्रममा उपराष्ट्रपति पुनले राष्ट्रलाई आवश्यकता परेको बेलामा अघि सरेर योगदान दिएकोमा सम्पूर्ण सम्मानित व्यक्तित्वहरुलाई बधाई ज्ञापन गरेका थिए ।

प्रतिक्रिया