काठमाडौंको धोबी खोलामा एक पुरुषको शव भेटियो
प्रकाशित:
२०७९, २४ जेष्ठ

काठमाडौं, २४ जेठ । काठमाडौंको धोबी खोलामा एक पुरुषको शव भेटिएको छ । खोलामा घोप्टो परेको अवस्थामा शव फेला परेको हो ।
सुकेधारबाट कपन जानेबाटो नजिक खोलामा पुरुषको शव फेला परेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए । अहिले घटनास्थलमा प्रहरी टोली पुगिसकेको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
