आईआईएफटीको ड्रेस टु इम्प्रेस : चार जनाले पाए उत्कृष्ट डिजाइनर अवार्ड (फोटो फिचरसहित)
अखबार टुडे
प्रकाशित:
२०७९, २२ जेष्ठ
  • तस्बिर : हरि गोपाल प्रधान

काठमाडौं, २२ जेठ । शनिबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान परिसर फेसन डिजाइनरमय बन्यो । जहाँ १२२ जना डिजाइनरहरु प्रतिस्पर्धामा उत्रँदैथिए ।

इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी ‘आईआईएफटी’मा फेसन डिजाइनिङमा डिप्लोमा कोर्ष पूरा गरेका विद्यार्थीहरुबीच जहाँ प्रतिस्पर्धा हुँदैथियो ।

विद्यार्थीका लागि आईआईएफटीले प्रतिस्पर्धामत्क र्याम्प शो ‘ड्रेस टु इम्प्रेस’को पाँचौँ संस्करणमा यस पटक विभिन्न चार वटा थिममा चार जना फेसन डिजाइनर उत्कृष्ट ठहरिएका छन् ।

जसमा ‘मेक्सी विथ फ्लोरल प्रिन्ट’मा दीपा थापा मगर उत्कृष्ट भइन् भने ‘वेस्टर्न ब्राइडल ः ह्वाइट गाउन’ थिममा अलिशा विष्टको पहिरनले उत्कृष्ट डिजाइनर अवार्ड पाएको छ । यस्तै, ‘एनिमी क्यारेक्टर’ थिममा मनिषमान श्रेष्ठ र ‘पेपर फोल्ड’मा सुमित्रा लामा उत्कृष्ट डिजाइनर ठहरिए ।

विजेता बनेका ४ जनाले आईआईएफटीको तर्फबाट नगद १५ हजार प्राप्त गरेका छन् भने युएफओको तर्फबाट १० हजार बराबरको सपिङ भौचर र कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको बज्र ननिताज फिटनेश क्लवको तर्फबाट ३५ हजार बराबरको प्याकेज पाए ।

‘ड्रेस टु इम्प्रेस–५’का लागि द हिडेन ट्रेजरका निर्देशक सर्वणबहादुर क्षेत्री, फेसन डिजाइनर युबी थापा, बुटिक एशोसिएसनका पूर्वअध्यक्ष उज्ज्वलकृष्ण श्रेष्ठ, ग्ल्यामर फोटोग्राफर राजभाई सुवाल, फेसन डिजाइनर निभा श्रेष्ठ, फेसन कोरियोग्राफर तथमा कलाकार प्रशान्त ताम्राकार, फेसन डिजाइनर महेश महर्जन, कृष्णराज तिम्सिनालगायत निर्णायक मण्डल थिए ।

फेसन डिजाइनर बन्न चाहनेका लागि आईआईएफटीले डिप्लोमा र एड्भान्स कोर्ष दिँदै आएको छ । काठमाडौंको बागबजार र कमलादीको हेरिटेज प्जाजा तथा ललितपुरको कुमारीपाटी रहेको आईआईएफटीले सुरुदेखि नै आफ्ना विद्यार्थीका लागि ‘ड्रेस टु इम्प्रेस’ प्रतियोगितात्मक शो गर्दै आएको प्रबन्ध निर्देशक फूपु तेन्जिङ शेर्पाले बताए ।

निर्देशक शेर्पाका अनुसार फेसन डिजाइनिङका बिद्यार्थीलाई प्रतियोगितामा उतार्दा उनीहरुमा डिजाइनिङबारे थप ज्ञान र अनुभवको विकास हुन्छ । फेसन डिजाइनिङ आफैँ क्रियटिभ कार्य हो, जुन कार्य जनमानसमा पुर्याउन स्टेज आवश्यक हुन्छ । त्यसैअनुरुप विद्यार्थीका लागि ‘ड्रेस टु इम्प्रेस’लाई निरन्तरता दिँदै आएको शर्पाको भनाइ छ ।

प्रतिक्रिया