उत्तर कोरियाद्वारा ३२ मिनेटमा आठ वटा ब्यालेस्टिक मिसाइल परीक्षण
अखबार टुडे
प्रकाशित:
२०७९, २२ जेष्ठ

प्योङयाङ, २२ जेठ (एजेन्सी) । प्योङयाङले आइतबार आठ वटा छोटो दूरीका ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ ।

योनहाप समाचार एजेन्सीले दक्षिण कोरियाली सेनालाई उद्धृत गर्दै प्योङयाङले आइतबार कम्तीमा दुई स्थानबाट आठ छोटो दूरीका ब्यालिस्टिक मिसाइल परीक्षण गरेको बताएको हो ।

स्थानीय समयअनुसार बिहान ९ बजेर ८ मिनेटदेखि ९ बजेर ४० मिनेटको बीचमा उत्तर कोरियाको राजधानी प्योङयाङनजिकै रहेको सुनान क्षेत्रबाट कोरियाली प्रायद्वीप नजिकैको पानीमा प्रहार गरिएको बताइएको छ ।
दक्षिण कोरियाली सेनाले उत्तर कोरियाले एउटा अज्ञात ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको पनि घोषणा गरेको छ ।

प्रतिक्रिया