सवारी दुर्घटनामा घाइते भएका राप्रपा नेता जीवन श्रेष्ठको निधन
अखबार टुडे
प्रकाशित:
२०७९, २२ जेष्ठ

काठमाडौं, २२ जेठ । सवारी दुर्घटनामा घाइते भएका राप्रपा खोटाङका नेता एवम् पूर्व जिल्ला अध्यक्ष जीवनकुमार श्रेष्ठको निधन भएको छ ।

खोटाङमा सवारी दुर्घटनामा परी घाइते भएका ५८ वर्षीय श्रेष्ठको उपचारका क्रममा न्युरो अस्पतालमा आज बिहान निधन भएको हो ।

श्रेष्ठ १५ वर्षभन्दा लामो समयसम्म खोटाङ जिल्लाको राप्रपा अध्यक्ष रहेका थिए । श्रेष्ठको निधनबाट नेपालको राष्ट्रवादी आन्दोलन र राप्रपालाई ठूलो क्षति भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताएका छन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ लगायतका नेताहरू न्युरो अस्पताल पुगेर दिवंगत भएका जीवनकुमार श्रेष्ठलाई श्रद्धाञ्जली अर्पण गरेका थिए । श्रेष्ठको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी छ ।

प्रतिक्रिया