काठमाडौं महानगर : शौचालय सार्वजनिक प्रयोगमा दिन इच्छुकले ७ दिनभित्र सम्पर्क गर्न आग्रह
अखबार टुडे
प्रकाशित:
२०७९, २२ जेष्ठ

काठमाडौं, २२ जेठ । काठमाडौं महानगरपालिकाले होटल, रेष्टुरेन्ट, बैंकलगायतले शौचालय सार्वजनिक रूपमा सर्वसाधारणलाई प्रयोग गर्न दिन इच्छुमले ७ दिनभित्र सम्पर्क गर्न आग्रह गरेको छ ।

शौचालयमा सर्वसाधारणको सहज पहुँचका महानगर क्षेत्रभित्र रहेका होटल तथा रेष्टुरेण्टहरुको शौचालय प्रयोग गर्न सकिने महानगरल १६ जेठको नगरकार्यपालिका बैठकमा निर्णय गरेको थियो ।

महानगरले आइतबार सार्वजनिक सूचना जारी गर्दै होटल, रेष्टुरेन्ट, बैंक, व्यापारिक भवन, मल, सपिङ कम्प्लेक्स, कम्पनी, फर्म, व्यवसायी, गैरसरकारी संघसंस्था लगायतलाई यसका लागि आह्वान गरेको छ ।

इच्छुक सम्बद्ध सरोकारवाला व्यक्ति तथा निकायले सात दिनभित्र सार्वजनिक निजी साझेदारी इकाइ, बबरमहल जिसस भवन वा प्रशाशन विभाग, काठमाडौं महानगरमा सम्पर्क गर्न पनि आग्रह गरेको छ ।

काठमाडौंमा आवश्यकताअनुसार सार्वजनिक शौचालय नभएपछि सरकारी वा निजी संघसंस्थाका शौचालयलाई नै सार्वजनिक शौचालयका रूपमा प्रयोग गर्न लागिएको हो ।

प्रतिक्रिया