रात्रि बस पुलबाट खस्दा ९ जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७९, २२ जेष्ठ

काठमाडौं, २२ जेठ । रुपन्देहीमा यात्रुवाहक बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । जनकपुरबाट भैरहवा जाँदै गरेको लु २ ख ३८४१ नम्बरको बस आज बिहान रोहिणी खोलामा खसेको थियो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रवीन्द्र रेग्मीका अनुसार मृत्यु हुनेमा एक जना महिला रहेका छन् । उनीहरूको सनाखत हुन बाँकी रहेको छ ।

रेग्मीका अनुसार बसमा ३३ जना सवार रहेका थिए । घाइतेहरूको भैरहवास्थित युनिभर्सल मेडिकल कलेज र भीम अस्पतालमा अस्पतालमा उपचार भइरहेको छ । यसबारे थप विवरण आउन बाँकी रहेको रेग्मीको जनाइएको छ ।

प्रतिक्रिया