‘सर्वजित’ निर्माणमा पाँच महिनाको तलब सहयोग गर्ने मन्त्री आलेको घोषणा
अखबार टुडे
प्रकाशित:
२०७९, २१ जेष्ठ

काठमाडौं, २१ जेठ । संस्कृति तथा पर्यटनमन्त्री प्रेम आलेले चलचित्र ‘सर्वजित’ निर्माणमा आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटार आयोजित चलचित्रको शुभमुहूर्त कार्यक्रममा मन्त्री आलेले पार्टीको लेबी कटाएर पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गरेका हुन् ।

दलित महिला केन्द्रले निर्माण गर्न लागेको उक्त चलचित्रको दिनेश डीसीले निर्देशन गर्दैछन् । चलचित्र दलित आन्दोलनका अगुवा भगत सर्वजीत विश्वकर्माको जीवनमा आधारित हुने बताइएको छ ।

शनिबार बालुवाटारमै प्रधानमन्त्री शेरबहादुर देउवाले चलचित्रको शुभमुहूर्त गरेका छन् । जातीय भेदभाव तथा छुवाछूत उन्मुलन दिवसको अवसरमा चलचित्रको शुभ मुहूर्त गरिएको हो । चलचित्रमा एक करोड २५ लाख हुने अनुमानीत लागत रहने निर्माणपक्षले जनाएको छ ।

प्रतिक्रिया