अन्तरप्रदेश चल्ने सवारी साधनको भाडा घट्यो, कुन रूटमा कति पुग्यो ?
अखबार टुडे
प्रकाशित:
२०७९, २० जेष्ठ

काठमाडौं, २० जेठ । अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा घटेको छ । नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य लिटरमा १० रुपैयाँका दरले घटाएसँगै अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा पनि घटाएको हो ।

यातायात व्यवस्था विभागका अनुसार यात्रु बाहक सवारीमा २ प्रतिशत भाडादर घटेको छ । पहाडी बाटोमा सञ्चालन हुने यात्रुबाहेक सवारीको भाडा २ प्रतिशत, तराईका बाटछोमा सञ्चालन हुनको २.६ प्रतिशत भाडा घटेको छ ।

मालबाहक सावरीको भाडा दर पनि घटेको छ । सरकारले सार्वजनिक सवारीको भाडा दर स्वचालित आधारमा गर्ने गरी व्यवस्था गरेको छ । सरकारले तेलको मूल्य घट्दा भाडा पनि घट्ने र बढ्दा भाडा बढ्ने गरी स्वोचालित व्यवस्था लागु गरेको छ ।

कुन रूटमा कति पुग्यो ?

प्रतिक्रिया