पल शाहलाई तारेखमा छाड्न उच्च अदालत पोखराद्वारा अस्वीकार
प्रकाशित:
२०७९, १९ जेष्ठ

काठमाडौं, १९ जेठ । नाबालिगमाथि बलात्कारको आरोपमा थुनामा रहेका कलाकार पल शाहलाई तारेखमा छाड्न उच्च अदालत पोखराले अस्वीकार गरेको छ ।
उच्च अदालतका न्यायाधीशद्वय उज्ज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको बिहीबारको संयुक्त इजलासले तनहुँ अदालतकै आदेश सदर गर्दै उच्च अदालत पोखराले तारेखमा छोड्न अस्वीकार गरेको हो ।
तनहुँ उच्च अदालतले गत चैत १० गते आदेश दिँदै पललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । नाबालिग गायिकाले आफूमाथि पटक–पटक बलात्कार गरेको भन्दै पलविरूद्ध तनहुँ र नवलपुर जिल्ला अदालतमा जाहेरी दिएपछि पल पक्राउ परेका थिए ।
तर, पछिल्लो पटक पीडित भनिएकी गायिका र उनका परिवारले अदालतमा बकपत्र गर्दा बयान फेरेका थिए । उजुरीकर्ताले नै बयान फेरे पनि अदालतले पललाई तारेखमा रिहा गर्न अस्वीकार गरेको हो ।
प्रतिक्रिया
सम्बन्धित समाचार
मिरुना भन्छिन्- अध्ययन र काम गर्ने शैलीमा कहीँकतै तालमेलको अभाव छ
मितेरी पुल बाढीले बगाएपछि कैलाश मानसरोवर जान समस्या
मौद्रिक नीति : नीतिगत दर घट्यो (पूर्णपाठ)
युवालाई प्रधानमन्त्रीको आग्रह- २० वर्ष पुगेपछि विवाह गरेर सन्तान उत्पादनमा लाग्नुस्
सुनचाँदी व्यवसायीद्वारा आन्दोलन स्थगित, आजदेखि पसल खुल्ने