घट्यो मूल्य : पेट्रोलको मूल्य प्रतिलिटर १७० रूपैयाँ नै कायम, ग्यासमा घटेन
अखबार टुडे
प्रकाशित:
२०७९, १९ जेष्ठ

काठमाडौं, १९ जेठ । नेपाल आयल निगमले इन्धनको मूल्य घटनाएको छ । निगमले पछिल्लो समय बृद्धि गरेका डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रति लिटर १०–१० रुपैयाँ घटाएको हो ।

निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य घटनाएसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रूपैयाँ र डिजेल तथा मटितेलको मूल्य १५३ रूपैयाँ कायम भएको छ ।


अर्थ मन्त्रालयले पुर्वाधार कर घटाएर गरेर मूल्य समायोजन गर्न लिखित निर्देशन दिएपछि निगमले मूल्य घटनाएको हो । सरकारले पेट्रोलियम पदार्थमा लाग्ने प्रतिलिटर १० रूपैयाँ पूर्वाधार कर घटाएपछि मूल्य इन्घनको मूल्य घटेको हो ।

जेठ १५ गते संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले इन्धनको मूल्य घटनाउने घोषणा गरेका थिए । सरकारले इन्धनको मूल्य घटाए पनि एलपी ग्यासको मूल्य भने घटाएको छैन । सरकारले पछिल्लो समय एक साताको बीचमा दुई पटक इन्धनको मूल्य बढाएको थियो । जसको चौतर्फी आलोचना भएपछि पछिल्लो समय बढाएको १० रुपैयाँ सरकारले फिर्ता लिएको हो ।

प्रतिक्रिया