निर्मला हत्या प्रकरणको अनुसन्धान आफ्नो प्राथमिकतामा छ: आईजीपी सिंह
अखबार टुडे
प्रकाशित:
२०७९, १९ जेष्ठ

काठमाडौं, १९ जेठ । प्रहरी महानिरीक्षक(आईजीपी) धिरजप्रताप सिंहले निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान आफ्नो प्राथमिकतामा रहेको बताएका छन् ।

आईजीपीको कार्यभार सम्हालेको एक महिना पुगेको अवसरमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा आईजीपी सिंहले आफ्नो कार्यकालमा निर्मला हत्या प्रकरणलाई टुंगोमा पुर्याउन प्रयास गरिने बताएका हुन् । उनले अुनसन्धान जारी रहेको पनि बताए ।

निर्मला पन्तको बलात्कारपछि हत्या भएको ४ वर्ष पुग्न लाग्दा पनि दोषी पत्ता लागेका छैनन् । २०७५ साउन १० गते भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित साथीको घरमा गएकी निर्मला भोलिपल्ट महेन्द्रनगर–उलटाखाम सडकछेउ उखुबारीमा मृत अवस्थामा भेटिएकी थिइन् ।
प्रहरीले भने अहिले पनि निर्मला घटनामा ठोस प्रमाणकै खोजीमा रहेको जनाएको छ ।

सिंहले गलत काम गर्ने प्रहरीमाथि कारबाही सुरु गरिएको भन्दै बढुवाको हकमा मेरिट बेसमा गरिने बताए । सामाजिक सञ्जाल फेसबुक, ट्वीटरमार्फत मानसिक यातना दिने गरी महिलाविरुद्ध हुने हिंसामा जाहेरी परे अनुसन्धान हुने पनि उनको भनाइ थियो ।

प्रतिक्रिया