सरकारले ल्याएको बजेट ललिपप जस्तो देखिन्छ : राजेन्द्र लिङ्देन
अखबार टुडे
प्रकाशित:
२०७९, १८ जेष्ठ

काठमाडौं, १८ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले ल्याएको बजेट ललिपप मात्रै भएको टिप्पणी गरेका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गर्दै उनले इमान्दारी पूर्वकभन्दा अहिलेको बजेटले हाम्रो जीवनमा परिवर्तन गर्न नसक्ने बताए ।

उनले भने, ‘देशमा अहिले जुनप्रकारको आर्थिक संकट देखिँदै गएको छ । जुनप्रकारको मूल्य वृद्धि देखिँदै गएको छ । त्यसलाई रोक्नेतर्फ यो बजेट उन्मुख छैन,’ उनले भने, ‘बजेटमा भएका राम्रा नाराहरु हेर्दा यो मान्छे भुल्याउने ललिपपजस्तो देखिन्छ । यो बजेट आगामी निर्वाचनलाई केन्द्रमा राखेर ल्याएको छ र कमिसन लक्षित छ । बजेटको स्रोत के हो, कार्यान्वयनका आधारहरु के हुन् कहि पनि स्पष्ट छैनन् ।’

बजेटको जवाफमा अहिले मात्रै होइन पहिले पनि वितरणमुखी आएको भन्दै पन्छिएको भन्दै लिङ्देनले आपत्ति जनाए । उनले मानिसलाई भुल्याउने किसिमले मात्र बजेट ल्याइएको धारणा व्यक्त गरे ।

प्रतिक्रिया