भद्रपुर उडेको बुद्ध एयरको विमान काठमाडौं फिर्ता
प्रकाशित:
२०७९, १८ जेष्ठ
काठमाडौं, १८ जेठ । झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान काठमाडौं फिर्ता भएको छ ।
फ्लाइट नम्बर-९५३ ‘ए-एनपी’ विमानको टायरमा समस्या देखिएपछि काठमाडौं फिर्ता भएको त्रिभुवन विमानस्थल नागरिक उड्यन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।
उनका अनुसार भद्रपुरका लागि छुटेको विमान ११ बजेर १० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ । विमानमा ६९ जना यात्रु सवार थिए ।
जहाज सकुशल अवतरण गरेर प्राविधिक जाँच भइरहेको प्रवक्ता सिटौलाले जानकारी दिए । काठमाडौंबाट ३० नटिकल माइल उडेको विमान काठमाडौं फिर्ता हुँदा केही समय काठमाडौं विमानस्थल बन्द गरिएको थियो ।
प्रतिक्रिया
सम्बन्धित समाचार