मध्यपहाडी राजमार्गमा सन्तोषजनक काम नभएपछि ठेकेदार कम्पनीलाई सोधियो स्पष्टीकरण
अखबार टुडे
प्रकाशित:
२०७९, १८ जेष्ठ

काठमाडौं, १८ जेठ । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाले हटिया–बुर्तिवाङ खण्ड निर्माण कार्यको प्रगति सन्तोषजनक नभएको भन्दै ठेकेदार कम्पनी स्वच्छन्द–शंकरमाली जेभीलाई स्पष्टीकरण सोधेको छ ।

आयोजनाले ७ दिनभित्र आधिकारिक प्रतिनिधि स्वयं कार्यालयमा उपस्थित भई स्पष्टीकरण बुझाउन भनेको छ । साथै सडक मर्मत तथा निर्माणको काम चाँडो सम्पन्न गर्न भनेको छ ।

अन्यथा प्रचलित कानुन एवम् ठेक्का सम्झौताका शर्तहरु बमोजिम कारबाही प्रक्रिया अघि बढाउने आयोजनाले चेतावनी दिएको छ । स्वच्छन्द–शंकरमाली जेभीको आधिकारिक प्रतिनिधि इ. हेमराज गुभाजु हुन् ।

ठेक्का अन्तर्गत सडक मर्मत तथा निर्माणको काम सन्तोषजनक नभएपछि र लामो समय व्यतित हुँदा पनि कार्य प्रगति सुधार नभएपछि आयोजनाले स्वच्छन्द–शंकरमाली जेभीलाई पटक–पटक मौखिक तथा लिखित निर्देशन दिएको थियो ।

प्रतिक्रिया