विश्व आलु सम्मेलन डबलिनमा सुरु, ६० देशका प्रतिनिधि सहभागी
प्रकाशित:
२०७९, १७ जेष्ठ
डबलिन, १७ जेठ (एजेन्सी) । आयरल्याण्डको डबलिनमा विश्व आलु सम्मेलन सुरु भएको छ । सो सम्मेलनमा विश्वका कम्तीमा पनि ६० देशका १ हजार जनाभन्दा बढी प्रतिनिधिहरु सहभागी भएका बताइएको छ ।
सोमबारबाट सुरु भएको सो सम्मेलन चार दिनसम्म सञ्चलान हुने भएको बताइएको छ । सो सम्मेलनमा आलु खेतीमा लागेका किसानका साथै यस खेतीका विशेषज्ञ, आलु खेतीसम्बन्धी कृषि प्राविधिक एवं सरकारी अधिकारीहरुको सहभागिता रहेको बताइएको छ ।
यस सम्मेलनमा विश्वमा आलु खेतीको वर्तमान अवस्था र यसका चुनौतीहरुका साथै स्वास्थ्यमा आलुको योगदान, आलु व्यवसाय र पोषण एवं आलु खेती सम्बन्धी नयाँ नयाँ तरिका र प्रविधिका बारेमा आवश्यक छलफल हुने बताइएको छ ।
साथै सो सम्मेलनमा धेरै प्रकारका आलुका उत्पादन, खेती र यसका लागि आवश्यक प्रविधिका साथै आलुखेतीको दिगोपनसम्बन्धी प्रदर्शनी पनि राखिएको बताइएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
प्रधानमन्त्रीले भने- बीआरआईअन्तर्गत गरिएका सम्झौता अनुसार नेपालले पाउने सबै रकम अनुदान हो
माओवादी बैठक : पार्टीको निर्णयलाई जनताले अनुमोदन गरेको निष्कर्ष
दक्षिण कोरियाली राष्ट्रपतिमाथि महाभियोग, आरोप के छ ?
मञ्जु पौडेलको ‘कर्णाली पारीको भिनाजु’ सार्वजनिक
‘एआईले झुटो सूचना ल्याउँछ भन्ने डर सत्य साबित भएको छैन’