मिरुना काण्ड : पक्राउ परेका लामालाई रिहा गर्न सीडीओको आदेश
अखबार टुडे
प्रकाशित:
२०७९, १७ जेष्ठ

काठमाडौं, १७ वेठ । नेपाली फिल्म कबड्डी–४ की अभिनेत्री मिरुना मगरलाई दुव्र्यवहार गरेको आरोपमा पक्राउ गरेका फुर्वा लामालाई रिहा गर्न काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ)ले आदेश दिएका छन् । सीडीओ गोविन्दप्रसाद रिजालले उनलाई रिहा गर्न आदेश दिएका हुन् ।

आफूमाथि दुव्र्यवहार भएको भन्दै मिरुनाले प्रहरीमा उजुरी दिएपछि उनलाई सोमबार प्रहरीले पक्राउ गरेका थिए । प्रहरीले लामाविरुद्ध अभद्र व्यवहार मुद्दामा सिडियो कार्यालयमा उपस्थित गराएकामा मंगलबार रिजालले रिहा गर्न आदेश दिएका हुन् ।

एक वर्षभन्दा कम समय सजाय हुने मुद्दामा प्रमुख जिल्ला अधिकारीले आदेश गर्न सक्ने कानुनी व्यवस्था छ । सोही व्यवस्थालाई टेकेर सीडीओ रिजालले लामालाई रिहा गर्ने आदेश दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेश राज मैनालीको भनाई छ ।

सोमबार ‘कबड्डी–४’का लागि सिनेमा हल पुगेकी अभिनेत्री मगरले ती लामाले ‘नियतवस तीनपटक पछाडिबाट ढंगले छोएर दुव्र्यवहार’ गरेको आरोप लगाएकी थिइन् ।

लामा पक्राउ परेसँगै मंगलबार रिहाइको भाग गर्दै चाबहिलस्थित केएल टावर अगाडि प्रदर्शन गरिएको थियो । प्रदर्शनका क्रममा फिल्म ‘कबड्डी–४’को पोस्टर समेत जलाइएको थियो । हल बाहिर तनाव भएपछि दिउँसो १२ बजे शो समेत स्थगित गरिएको थियो ।

प्रतिक्रिया