कैलालीमा श्रीमान्-श्रीमती मृत फेला
अखबार टुडे
प्रकाशित:
२०७९, १७ जेष्ठ

काठमाडौं, १७ जेठ । कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला परेका छन् ।
जिल्लाको गोदावरी नगरपालिका–७ बस्ने ६५ वर्षीय हेमबहादुर ऐर र उनकी श्रीमती ५४ वर्षीया पद्मा ऐर मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशीका अनुसार हेमबहादुर घर नजिकै रूखमा झुन्डिएको र उनकी श्रीमती घरभित्र धारिलो हतियारले घाँटी रेटेको अवस्थामा मृत फेला परेको हो ।

शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया