आजको मौसम : कहाँ कहाँ वर्षा हुन्छ ?
अखबार टुडे
प्रकाशित:
२०७९, १७ जेष्ठ

काठमाडौं, १७ जेठ । हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको रहेको छ ।

देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । प्रदेश १ र बागमती प्रदेशका एक–दुई स्थानहरूमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

मंगलबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन, चट्याङ र हावा हुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै, बुधबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ र हावा हुरीसहित हल्का वर्षाको सम्भावना मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया