चाड : सुन खानीमा कामदारबीच झडप हुँदा १०० जनाको मृत्यु, कम्तीमा ४० घाइते
अखबार टुडे
प्रकाशित:
२०७९, १६ जेष्ठ

काठमाडौं, १६ जेठ (एजेन्सी) । उत्तरी चाडमा सुन खानीमा कार्यरत कामदारहरू बीचको झडपमा करिब १०० जनाको मृत्यु भएको छ भने कम्तीमा ४० जना घाइते भएका छन् ।

मे २३ मा लिबियाको सिमाना नजिकको कोरी बोगौदीमा हिंसा भड्किएर घटनाले ठूलो रूप लिदा करिब १०० जनाको मृत्यु भएको रक्षा मन्त्री जनरल दाउद याया ब्राहिमले सोमबार जानकारी दिएको हो ।

उक्त झडप चाडको राजधानी एन’जामेनाबाट करिब १,००० किलोमिटर (६०० माइल) मध्य सहाराको तिबेस्ती पर्वतमा भएको थियो । त्यस क्षेत्रमा सुनको खोजी चाड र छिमेकी देशहरूबाट आएका खानी कामदारहरू बीच अक्सर तनाब र झडप हुने गर्दछ ।

झडप मौरिटानियन र लिबियालीहरू बीच भएको मन्त्रीले बताएका छन् । उनले एएफपीसँग यस क्षेत्रबाट फोनमा कुरा गर्दै भनेका छन्, ‘यस क्षेत्रमा सुन खानी कामदारहरू बीच हिंसा भएको यो पहिलो घटना होइन र हामीले अर्को सूचना नआएसम्म कोरीमा सबै सुन खानीको उत्खननको कार्य स्थगन गर्ने निर्णय गरेका छौं ।’ यस क्षेत्रका बहुसंख्यक खानीहरू अवैधरूपमा सञ्चालित छन् ।

प्रतिक्रिया