पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटाउने घोषणा
अखबार टुडे
प्रकाशित:
२०७९, १५ जेष्ठ

काठमाडौं, १५ जेठ । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटाउने भएको घोषणा गरेको छ । आइतबार आर्थिक वर्ष २०७९–८० को बजेट सार्वजनिक गर्ने क्रममा अर्थमन्त्री जनार्दन शर्माले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि घटाइने जानकारी दिएका हुन् ।

अर्थमन्त्री शर्माले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिलाई समायोजन गर्ने बताए पनि कसरी र कुन आधारमा घटाइने भन्नेबारे भने बताएनन् । पछिल्लो पटक ९ दिनमा सरकारले दुईपटक मूल्यवृद्धि गरेको थियो । त्यसको चर्को विरोध भइरहेको बला सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा मूल्यवृद्धि घटाउनेबारे केही उल्लेख थिए ।

तर, आइतबार बजेट प्रस्तुत गर्ने क्रममा सरकारले मूल्यवृद्धि घटनाउने घोषणा गरेको हो । इन्धनमा लगाइएको कर १० प्रतिशत घटाउने सैद्धान्तिक निर्णय मन्त्रिपरिषद् बैठकले गरिसकेको छ ।

प्रतिक्रिया